ताराखोलामा माछा मार्न निषेध, अटेर गरे १ लाख जरिवाना !
पाेखरा | साउन २९, २०८१
पोखरा: बागलुङको ताराखोला गाउँपालिकाले गाउँपालिकाको क्षेत्रभित्रका खोला, ताल तलैया तथा जलचर क्षेत्रमा माछा मार्न निषेध गरेको छ ।
गाउँपालिकाले भदौ १ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नगर्दासम्म माछा मार्न निषेध गरिएको प्रशासकिय अधिकृत विवेक रणपाल परियारले जानकारी दिए ।
‘ताराखोला गाउँपालिकाको क्षेत्रभित्र रहेका खोला, ताल तलैया तथा जलचर क्षेत्रमा पाइने माछा जिल्लामै प्रसिद्ध छ’, प्रसासकिय अधिकृत परियारले भने, ‘यसको संरक्षण र दिगो उपयोगको सुनिश्चितता गर्दै दिगो विकासमा जलचरको रुपान्तरण गर्नका लागि गाउँपालिकाको साँझा कर्तव्य भएकाले भदौ १ गते देखि माछा मार्न निषेध गरेका छौं ।’

उनले ताराखोला गाउँपालिकाको जलचर एवं जलीय जैविक विविधता संरक्षण कार्यविधि २०८० र गाउँपालिका कार्यपालिकाको साउन १३ गते बसेको बैठकको निर्णय अनुसार भदौं १ गतेदेखि गाउँपालिकाको क्षेत्रभित्र रहेका जलचर क्षेत्रमा माछा मार्न निषेध गरिएको बताए ।
गाउँपालिकाले माछा मार्न निषेध गरिएको सूचना अटेर गरेर माछा मारेको पाईएमा ताराखोला गाउँपालिका गाउँपालिकाको जलचर एवं जलीय जैविक विविधता संरक्षण कार्यविधि २०८० को दफा १४ बमोजिम १० हजार देखि १ लाख सम्म जरिवाना गर्ने बताएको छ ।
ताराखोला गाउँपालिका भित्रबाट बग्ने विभिन्न खोलाहरु दरमखोलामा गएर मिसिन्छ, यस अगाडि गाउँपालिकाको छिमेकी नगर गलकोट नगरपालिकाले समेत दरमखोलामा माछा मार्न रोक लगाएको छ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

