ताराखोलामा माछा मार्न निषेध, अटेर गरे १ लाख जरिवाना !
पाेखरा | साउन २९, २०८१
पोखरा: बागलुङको ताराखोला गाउँपालिकाले गाउँपालिकाको क्षेत्रभित्रका खोला, ताल तलैया तथा जलचर क्षेत्रमा माछा मार्न निषेध गरेको छ ।
गाउँपालिकाले भदौ १ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नगर्दासम्म माछा मार्न निषेध गरिएको प्रशासकिय अधिकृत विवेक रणपाल परियारले जानकारी दिए ।
‘ताराखोला गाउँपालिकाको क्षेत्रभित्र रहेका खोला, ताल तलैया तथा जलचर क्षेत्रमा पाइने माछा जिल्लामै प्रसिद्ध छ’, प्रसासकिय अधिकृत परियारले भने, ‘यसको संरक्षण र दिगो उपयोगको सुनिश्चितता गर्दै दिगो विकासमा जलचरको रुपान्तरण गर्नका लागि गाउँपालिकाको साँझा कर्तव्य भएकाले भदौ १ गते देखि माछा मार्न निषेध गरेका छौं ।’

उनले ताराखोला गाउँपालिकाको जलचर एवं जलीय जैविक विविधता संरक्षण कार्यविधि २०८० र गाउँपालिका कार्यपालिकाको साउन १३ गते बसेको बैठकको निर्णय अनुसार भदौं १ गतेदेखि गाउँपालिकाको क्षेत्रभित्र रहेका जलचर क्षेत्रमा माछा मार्न निषेध गरिएको बताए ।
गाउँपालिकाले माछा मार्न निषेध गरिएको सूचना अटेर गरेर माछा मारेको पाईएमा ताराखोला गाउँपालिका गाउँपालिकाको जलचर एवं जलीय जैविक विविधता संरक्षण कार्यविधि २०८० को दफा १४ बमोजिम १० हजार देखि १ लाख सम्म जरिवाना गर्ने बताएको छ ।
ताराखोला गाउँपालिका भित्रबाट बग्ने विभिन्न खोलाहरु दरमखोलामा गएर मिसिन्छ, यस अगाडि गाउँपालिकाको छिमेकी नगर गलकोट नगरपालिकाले समेत दरमखोलामा माछा मार्न रोक लगाएको छ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

